बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

यी हुन् गण्डकी प्रदेशमा अध्ययन भएका र भइरहेका सुरुङ मार्ग

यी हुन् गण्डकी प्रदेशमा अध्ययन भएका र भइरहेका सुरुङ मार्ग

चालु आर्थिक वर्ष २०८२/०८३ मा सुरुङमार्ग, द्रुतमार्ग र ओभरपासजस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिएको संघीय सरकारले सुरुङमार्ग निर्माणमा भने बजेट पर्याप्त छुट्टाएको छैन ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८२, बिहिबार

पोखरा/पोखरा संघीय सरकारले ठूलाठूला आधुनिक पूर्वाधारमा जोड दिएको छ । सुरुङमार्ग, द्रुतमार्ग र ओभरपासले जोडिएको आधुनिक नेपालको सपना देखिरहेको छ । तर, जब बजेट किताव पल्टाइन्छ, तव देखिन्छ, सुरुङमार्गका लागि पर्याप्त बजेट छैन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा सुरुङमार्ग, द्रुतमार्ग र ओभरपासजस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिएको संघीय सरकारले सुरुङमार्ग निर्माणमा भने बजेट पर्याप्त छुट्टाएको छैन । आर्थिक वर्ष २०८१/०८२ को १७ प्रतिशतले बजेट घटाएको पाइएको छ । सरकारले यस आर्थिक वर्षका लागि सुरुङमार्ग विकास कार्यक्रमलाई ६९ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि ८१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गण्डकी प्रदेशमा पर्ने कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गका लागि १४ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजित छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ । यो सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा गरिएको छ ।
यसैगरी दुम्कीबास–बर्दघाट सुरुङ मार्गका लागि जम्मा १४ लाख ४० हजार रुपैयाँ मात्रै बजेट छ । निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख छ ।
यसैगरी अध्ययन क्रममा रहेको फुस्रेखोला–छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला सुरुङ मार्गको अध्ययनका लागि ११ लाख ७० हजार रुपैयाँ छुट्टाइएको छ । सम्भाव्यता अध्ययन सकिएको अर्को बागलुङको बिहुँं–नरेठाटी (७.४४ किलोमिटर) सुरुङमार्ग हो ।

काठमाडौं जोड्ने नागढुंगा सुरुङमार्गलाई छुट्टै २ अर्ब ११ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । यो सुरुङमार्ग छिटै प्रयोगमा आउँदै छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीव्रता दिइने, सुरक्षित र भरपर्दो आवागमनका लागि दिगो सडक सञ्जालको विस्तार गर्ने घोषणा गरेका थिए । यस्तै द्रुतमार्ग, अन्डरपास र ओभरपासजस्ता आधुनिक पूर्वाधारहरू निर्माणलाई तीव्रता दिइने उनले बताएका थिए । यसवर्ष सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आयोजनाहरूलाई ६८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नागढुङ्गासंगै सिद्धबाबा र काठमाडौँ–तराई मधेश द्रुत मार्गमा पर्ने तीन वटा सुरुङ मार्गको निर्माण सम्पन्न पनि यसै वर्ष हुने जनाइएको छ ।

यस्तै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, कुलेखानी–भिमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख छ । टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने बजेटमा उल्लेख भए पनि अध्ययनका लागि बिनियोजित बजेट पर्याप्त भने छैन ।

टोखा छहरे– गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी अन्य विभिन्न सुरुङमार्गलाई ८ करोड ९९ लाख ८० हजार, विभिन्न प्रस्तावित सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेको छ । सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हाल १५ वटा सुरुङमार्ग अध्ययनका क्रममा रहेको केन्द्रले जनाएको छ । दोलालघाट चर्नावती सुरुङमार्ग ४५ लाख, हात्तीसार बबई सुरुङमार्ग १८ लाख रुपैयाँ, खुर्कोट चियाबारी सुरुङमार्ग, शिवपुर भालुवंग सुरुङमार्ग र रानीघाट–भुरी गाउँ सुरुङमार्गका लागि ९÷९ लाख, सिद्धबाबा सुरुङलाई ४८ करोड ५० लाख र ग्वार्को फ्लाईओभरका लागि ९ करोड ५२ लाख रुपैयाँ बजोट विनियोजन गरेको छ ।

सुनसरीको धरान–लेउती सुरुङमार्गको लम्बाइ ३.८७ किलोमिटर रहनेछ । अर्को, कैलाली र डोटीमा पर्ने खुटिया–बीपी नगर–दिपायल सुरुङमार्ग हो । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ । यसैगरी गोदावरीकुण्ड–काभ्रे मानेदोभान सुरुङमार्गको ललितपुर र काभ्रेपलाञ्चोकमा सम्भाव्यता अध्ययन सकिएको छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ ।

सम्भाव्यता अध्ययन सकिएको सुरुङमार्गमा पाल्पाको प्रबास–जोर्ते सडक सुरुङमार्ग (४ किलोमिटर) पनि छ । मकवानपुरको कुलेखानी–भीमफेदी (३.१५६ किलोमिटर), खुर्कोट–सिन्धुली (४.९० किलोमिटर), ताथली–रविओपी (४.५८ किलोमिटर), बबई–छिन्चु (५ किलोमिटर), सुनमाई–राजदुवाली (१२.३० किलोमिटर) र माझिम्तार–शक्तिखोर (१०.६० किलोमिटर) सुरुङमार्गका पनि सम्भाव्यता अध्ययन भइसकेको छ । रारा राजमार्गको कुशे पाटनअन्तर्गत जाजरकोट ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्ग (१०.०७ किलोमिटर)को पनि सम्भाव्यता अध्ययन सकिएको छ । यो सुरुङमार्गको डीपीआर तयार गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->