बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न ४ पक्राउ, ११ महिलाको उद्धार

खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न ४ पक्राउ, ११ महिलाको उद्धार


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८२, बिहिबार

पोखरा / खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ । अन्य ११ जना महिलाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १७ गते दिउँसो पौन चार बजेको समयमा पोखरा–८ जाल्पारोडका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैतिक गतिविधि भई रहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवन घर भई जाल्पारोड बस्ने २८ वर्षकी सुनिता तामाङ, तनहुँको व्यास नगरपालिका–८ का १९ वर्षीय सुवास गुरुङ, बाग्लुङको जैमिनी नगरपालिका– ८ का २१ वर्षीय सागर थापा र शंकर थापा रहेका छन् ।

विभिन्न खाजा घरहरुबाट ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->