पोखरा/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याए । साथै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत र प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले संचालन गरेका थिए ।
प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिमको उद्देश्य सार्वजनिक निकायहरूको सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउनु र प्रशिक्षार्थीहरूको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्नु रहेको छ । ३० दिनसम्म सञ्चालन हुने यस तालिममा विभिन्न विषयवस्तुमा १२० सत्रहरू सञ्चालन हुनेछन् ।





