बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एमालेको निश्कर्षः नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’

एमालेको निश्कर्षः नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८२, शुक्रबार

गोदावरी ललितपुर / नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् । गोदावरीको सनराईज सभाहलमा अध्यक्ष ओलीको राजनीतिक प्रस्तावको प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गर्दैछन् । ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ- ‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने छ । एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रबद्र्धन गरिने छ ।’
नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नविन व्याख्या गरिएको छ ।
नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ । अध्यक्ष आलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ– ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो- यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरुलाई आत्सात गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरु राज्यसञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरुको बिचको प्रतिष्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’
प्रतिवेदनमा वर्ग संरचना खण्ड अन्तर्गत निम्न वर्ग, मध्यम वर्ग, उच्च वर्गलाई चित्रण गरिएको छ । जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु। १।५ लाखभन्दा कम भएको, मध्यम वर्गमा वार्षिक आय करिब रु। १।५–५ लाख हुने, उच्च वर्गमा वार्षिक आय रु। ५ लाखभन्दा माथि भएकालाई आधार मानिएको छ ।
जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सिमान्त किसान र न्यून आय वर्गका बढी देखाइको छ । सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ । जस अनुसार औसत गरिबी दर २० दशमलब ३ प्रतिशत दलितमा र त्यो ३० प्रतिशत भन्दा बढि रहेको छ ।
त्यसैगरी मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निश्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । २००४ मा मानव विकास सूचाङ्क बाहुन÷क्षेत्रीमा ०।५५२ र नेवारमा ०।४२४ र मुसिल्ममा ०।४०१ मात्र थियो । यी तथ्यले गरिबी घट्ने दरमा पनि। असमानता देखाएको । बाहुन क्षेत्रीमा ४६ प्रतिशत र दलितमा २१ प्रतिशत र मुस्लिममा ६ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->