आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा

सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८२, शुक्रबार
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशसभाकी सदस्य चम्पादेवी खड्काले साधारणसभाको उद्घाटन गरिन् ।

साधारणसभा उद्घाटन गर्दै खड्काले महिला, दलीत र पछाडि पारिएका वर्गको अधिकारका लागि काम गर्ने संस्थाको खाँचो भैरहेको समयमा सहयात्राले साथ दिएको बताइन् । अधिवेसन पनि नगर्ने संस्थाहरुको भीडमा नियमित साधारणसभा गर्ने, आर्थिक पारदर्शीता सहितको हिसाब राख्ने संस्थाबाट काम सिक्नुपर्ने बताइन् ।

सहयात्राले दश वर्षदेखि कानूनी साक्षरता, दलीत अधिकार, महिला सशक्तीकरण लगायतको काम गर्दै आएको अध्यक्ष शकुन्तला शर्माले बताइन् । कार्यक्रममा संस्थाका संरक्षण जगदिशचन्द्र उपाध्याय, सल्लाहकार निरन्जनलाल राजभण्डारी र उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषले विकास निर्माणलाई पहुँचको भरमा नभइ आवस्यकताको आधारमा वितरण गर्नुपर्ने बताए । आर्थिक रुपमा बिपन्न र कानूनी सेवाबारे थाहा नपाएर न्याय नपाएकालाई निशुल्क कानूनी सेवामा जोड्न संस्थाले पहल गर्ने बताए ।

सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव हुमा रिजालको संचालन र सदस्य जुनु श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पिंगला जिसी, बागलुङ नगर कार्यपालिका सदस्य ज्योती केसी विष्ट, गैरसरकारी संस्था महासंघ गण्डकीकी कोषाध्यक्ष अमृता थापा, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्य, संस्थाका अनुगमन समितिका संयोजक विरबहादुर किसान, सदस्य शर्मिला चर्माकार लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा सचिव हुमा रिजालको प्रगती प्रतिवेदन र भगवती केसीको आर्थिक प्रतिवेदन पास गरिएको थियो । संस्थाका सदस्य मध्येबाट विभिन्न स्थानमा पुगेकाहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->