बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ सर्वसम्म निर्वाचित भएकी छन् । समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उनको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन भएका छन् । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन भए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको संस्थागत विकासमा आफ्नो बलबुताले भ्याएसम्म कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरिन् । समाजका गतिविधीमा समुहलाई समेटेर अघि बढ्ने उनको भनाई थियो । समूहका सल्लाहकार दुर्गाराज गिरी संयोजक तथा पवित्र गिरी र विनोद लामिछाने सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।

यसअघि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सनीले टोल विकासका लागि जनप्रतिनिधि तथा स्थानिय विच सकारात्मक सहकार्यको खाँचो रहने बताए । ‘आपसी सहयोगले नै टोल, समाज, वडा, बन्ने हो’ उनले भने । सोही समारोहमा उनले आमा समुह र नागढुंगा टोल विकास संस्थालाई संयुक्त रुपमा साउण्ड सिस्टम हस्तान्तरण गरे ।

उद्घघाटन समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य गोविन्द तुलाचन, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, समुहका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी, कृषी सञ्जाल वडा नम्बर ९ का अध्यक्ष बिमला रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा नागढुंगा आमा समूहको भौतिक एवं आर्थिक विकासमा सहयोग गर्ने सहयोगीहरू सुकमाया राजभण्डारी, शान्ति श्रेष्ठ, शिवप्रसाद सुवेदी, लक्ष्मी गिरी, पर्वती क्षत्री, पूर्णबहादुर परियार लगायतलाई सम्मान गरिएको थियो । अम्बिका लामिछानेलाई समुहले सक्रिय सदस्यका रुपमा सम्मान ग¥यो ।

समूहका निवर्तमान अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा सचिव सिमा लामिछानेले सञ्चालनसँगै कार्यप्रतिवेदन एवं कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->