बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जन्म दिनको अवसरमा पुष्पले गरे विद्यालयमा अक्षयकोष स्थापना

जन्म दिनको अवसरमा पुष्पले गरे विद्यालयमा अक्षयकोष स्थापना


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/ जन्मदिनको अवसरमा पोखरा २८ आरुपाटाका पुष्पराज त्रिपाठीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब पोखरा कालिका भ्यु टाउन अध्यक्षसमेत रहेका त्रिपाठीले आफूले अध्ययन गरेको लेखनाथ आधारभूत विद्यालयमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको प्राप्त व्याजले जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरेको त्रिपाठीले बताए । विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई पोशाक र ३२ जना विद्यार्थीलाई ट्राकसुटसमेत प्रदान गरिएको छ । कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक ३२५ एम नेपालका डिस्ट्रिक गभर्नर पिएमजेफ धनीराम बराल, कलस्टर प्रमुख दिलु तिवारी, लायन्स क्लब अफ कालिका भ्यु टाउनका पूर्वअध्यक्षहरु नारायण अधिकारी, चन्द्र शर्मा, ईश्वर अधिकारी, एमजेएफ दिनेशबाब, खड्का, विद्यालयका प्रधानाध्यापक टेकबहादुर भुजेल, अविभावक संघका अध्यक्ष तिलबहादुर भुजेल, समाजसेवी भोलानाथ त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एकनाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य शम्भुराम पाण्डे, जग्गदाता तथा सदस्य पुष्पराज चापागाइँ, विद्यार्थी, अभिभावक लगायत सहभागी भएका थिए । त्रिपाठी कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->