पोखरा/ नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबिरुद्ध पोखरामा पनि नयाँ पुस्ता जेन जीले स्वतस्फृर्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले नेताहरुको भ्रस्टाचारका विषयमासमेत आवाज उठाएका छन् ।
प्रदर्शन विहान १० बजेदेनि नै सुरु भएको थियो । पोखराका विभिन्न स्थानबाट आएका युवा सभागृहमा भेला भएर ¥यालीमा परिणत भएका थिए । उनीहरुले नेताहरु भ्रस्टाचारमा रमाइरहेका तर सामान्य नागरिकले पीडा भोग्नुपर्ने अवस्थाप्रति आक्रोस व्यक्त गरे । ¥याली महानगरपालिकाको कार्यालय अघि पुगेर बिरोध गरेको थियो । त्यसपछि मानवअधिकार चोक र जिल्ला प्रशासन कार्यालयमा पनि बिरोधका लागि पुगेका थिए । प्रदर्शनमा सहभागीले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा लगाएका थिए । केहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नामसहित नाराबाजी गरेका थिए ।
युवाले नेपालको झण्डा बोकेका थिए । पम्लेट बाँडे । उनीहरुले कर तिरेर नागरिकले दुःख भोगिरहेका तर नेताहरु र तिनका परिवारले ऐस आरामको जीवन बिताइरहेको भन्दै आपत्ति जनाए ।






