बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका थप स्थानमा कर्फ्यु

पोखराका थप स्थानमा कर्फ्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका थप केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आदेश जारी गर्दै विहान १० बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यु लगाएकी हुन् ।

यसअघि सहिद चोक र प्रदेश सभा भवन आसपासमा कर्फ्यु जारी भइसकेको थियो । पछिल्लो आदेश अनुसार पूर्वमा पोखरा–९ चाइनापुल, पृथ्वीचोक, पुरानो एअरपोर्ट हुँदै बिरौटा चोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै केआईसिंह पुलसम्म, पश्चिममा बागलुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोक सम्म, उत्तरमा पिएन क्याम्पस गेटदेखि ट्याक्सी चोक हुँदै बागलुङ बसपार्कसम्म र दक्षिणतर्फ हल्लनचोक देखि राष्ट्रबैंक चोक हुँदै बिरौटासम्म कर्फ्यू लगाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->