पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै शंकास्पद र अराजक गतिविधि भएमा वा हुन लागेमा सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना प्रकाशित गर्दै प्रशासनले अहिलेको विषम परिस्थितिमा सर्वसाधारणलाई संयमित भई रहन, अत्यावस्यक काम बाहेक बाहिर हिंडडुल एव आवतजावत नगर्न र भिंडभाडजन्य गतिविधि नगर्न भनेको हो ।
‘भदौ २३ र २४ गते जेन जी समुहद्वारा जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनको क्रममा अवान्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी, तथा निजी सम्पत्ती, व्यपारिक प्रतिष्ठान, होटल आदिमाथि तोडफोड, आगजनी तथा लुटपाट समेत गरी क्षती पुराउने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जस्ता हिस्रक र अराजक गतिविधि भएकोमा त्यस्ता गतिविधिलाई नियन्त्रण गर्नको लागि मंगलबार राति १० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालित भइसकेको र जिल्लामा शान्ति सुरक्षाको अवस्था क्रमशा सामान्य हुदै गइरहेको छ’, सूचनामा भनिएको छ । शंकास्पद गतिविधि भएमा वा हुन लागेमा नेपाली सेनाको ०६१५८११६० र ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९ र सशस्त्र प्रहरीको ०६१ ५४४०८, ९८५१२७२०८० र टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।





