पोखरा/ पोखराको लेकसाइडमा जेन जीको आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ ।
लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको हो । यसअघि पोखराकै नयाँबजारमा रहेको अटो शोरुमको आगो निभाउने क्रममा अर्की युवतीको शव भेटिएको थियो । शव भेटिएका यी दुवै युवतीको सनाखत हुन सकेको छैन । यी दुवै व्यवसायिक भवन गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको हो । प्रदर्शनकारीले मंगलबार यी दुवै भवनमा तोडफोड गरेर आगजनी गरेका थिए ।





