बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भागेको कैदीबन्दीलाई स्थानीयले समातेर बुझाए प्रहरीलाई

भागेको कैदीबन्दीलाई स्थानीयले समातेर बुझाए प्रहरीलाई

गोली लागेर पोखरामा १४ बर्षिया बालक घाईते


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार
कास्की कारागारबाट भाग्दै गरेका कैदीबन्दी । तस्वीरः ढोरपाटन

पोखरा / कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बुधवार बागलुङ बसपार्कनजिकैबाट स्थानीयले एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।

पोखरामै एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ । उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->