बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जेनजी आन्दोलनमा ३० जनाले गुमाए ज्यान

जेनजी आन्दोलनमा ३० जनाले गुमाए ज्यान

१ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार

काठमाडौं / जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ।

हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ।  सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन्।

सिभिल अस्पतालमा ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका थिए, जसमा ५८ जना अझै उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ।

बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्।

कुन अस्पतालमा कति ?

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->