बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेन–जीलाई शुभकामना

जेन–जीलाई शुभकामना

हिजोको घटनाले विश्व जगतमा बेइज्जत भएको पक्कै पनि छ तथापि अवस्था सुधार हुँदै गएमा हाम्रो सार्वभौमिकता रहेमा इज्जत फेरि कमाउला । गरिब, अशान्त देशबाट विकसित देश बन्न सकौ शान्तिपुर्ण देश बनोस् मेरो कामना छ ।


  • जेन वाइ
  • भाद्र २६ २०८२, बिहिबार

प्रिय जेन जि,
म शब्दविहिन छु ।

कुन शब्द उचित छ मैले भोगेको र देखेको घटना बताउन अन्योलमा छु । खैर, तैपनि केही दुस्साहस गर्ने चेष्टा गर्दछु ।

यदि म गलत छैन भने जेन जी आन्दोलन भ्रष्टाचार विरुद्धको थियो । सेप्टेम्बर ८ को आन्दोलनमा गैह्रजिम्मेवार सरकारले नरसंहार ग¥यो, धेरै अबोध भाइबहिनीहरूले ज्यान गुमाए, म दुखित छु । यस्को जति निन्दा गरेपनी पुग्दैन । त्यस्को मुल्य सरकारले चुकाइसक्यो अझ थप चुकाउने नै छ्न सबै दलहरूले । तर के सेप्टेम्बर ९ को अवस्थाले यो कुरा पुष्टि हुन सक्ला कि, जेन जि आन्दोलन बेथिति विरुद्ध थियो, भ्रष्टाचार विरुद्ध थियो ? म सम्झिन्छु मेरा बाबाले देशलाई दुःख पर्दा साथ दिनुपर्दछ भनेको, तर म दिनभरी भाडाको घरको छतमा टाउको समाएर बस्नु बाहेक केही गर्न नसक्ने निरीह ढुङ्गा बन्न पुगे । क्षमा चाहान्छु, नेपाल आमा देश रोइरहँदा म रमिते बन्न पुगे । हाम्रो सम्पत्तिले बल्लबल्ल १० वर्षे जनयुद्ध पछि ठडिएका भवनहरू अन्धाधुन्ध ध्वस्त भए । सिंहदरबार रहेन, संसद भवन भग्नावशेष भयो, अदालतहरू रहेनन, मालपोत रहेन, न त कुनै पालिका, वडा कार्यलय नै बाँकी रहे । सबै सार्वजनिक भवन जलिरहे र मेरो मनपनी जलिरह्यो ।

यति मात्रै कहाँहोर व्यक्तिको निजि सम्पत्ति, सोरूम होटेल, बैंक, प्रहरी चौकी सबै सबै खै के कति सम्झु म भावव्हिल छु जेन जी । म जीवित मुर्दा बनेको छु । अब जन्मेको बच्चा जन्मदर्ता गर्न कता जाला खै, नावालिग नागरिक बन्न के गर्ला खै, अदालतमा रहेका मुद्दा के होलान्, कर तिरेको नतिरेकोहरू अब के गर्छन् । म अन्योलमा छु मात्र होइन देश, प्रणाली सबै अन्योलमा छ ।

नयाँ जनसरकार त बन्ला तर के नागरिक सेवाको लागि यी सबै भवन र नवीन प्रविधिको प्रयोग गर्नु पर्दैन होला र ? रातो र तातो रगत भएका युवाहरूको जोश छ, तर होश भएन भने न नेपाल रहला न नेपाली । म विक्षिप्त छु । मन रोएको छ, रातभरी सुत्न सकिरहेको पनि छैन, सायद म जस्तै लाखौ आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई पक्कै कठिन भएको होला सम्हाल्न । तर के गर्नु मन थाम्नु बाहेक विकल्प अरु छ नै के र ? आशा गरौ प्याज सप्रीनु पनि गोडमेल गर्नुपर्छ, त्यही भएको होला भनेर मनलाई सम्झाउ । अब बन्ने सरकारको अभिभारा धेरै छ । पक्कै पनि यो विक्षिप्त अवस्था सम्हाल्दै देश तंग्रिने छ । देशमा शान्ति, अमनचयन कायम हुनेछ र पुनः बुद्धको देशको नागरिक, सगरमाथा जस्तै उच्च शिर बनाएर विश्वमा चिनिन सकौ । हिजोको घटनाले विश्व जगतमा बेइज्जत भएको पक्कै पनि छ तथापि अवस्था सुधार हुँदै गएमा हाम्रो सार्वभौमिकता रहेमा इज्जत फेरि कमाउला । गरिब, अशान्त देशबाट विकसित देश बन्न सकौ शान्तिपुर्ण देश बनोस् मेरो कामना छ ।

अन्त्यमा यो संक्रमणकालिन अवस्थामा फाइदा लिनेहरू धेरै हुन्छन् । बनाउने भन्दापनि स्वार्थ लुट्नेहरूको ठूलो जमात छ देशमा । जसरी हिजो सार्वजनिक सम्पत्ती जलाएर बाँकी रहेका सामाग्री चोरी भयो अधिकांश कार्यलयबाट, धेरै व्यक्तिहरू कारागारबाट भागे आदि आदि । म विश्वस्त छु यो सबै जेन जिबाट भएको थिएन भन्नेमा, तर फाइदा लिए धेरैले । अब पनि त्यो ठाउँ रहन्छ । सरकार बनाउन आउनेहरू विभिन्न च्याखेदाँउ लिएर आउछन् । तर संयमपुर्वक विचार गरेर उचित समाधानको पाटोमा लाग्नु हार्दिक शुभकामना । मनका बहहरू त धेरै थिए फेरि पोखौँला आजलाई विश्राम ।

उहि तिम्रो प्रिय
जेन वाइ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->