बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको लेतेखोलामा बाढी : घर, भवन र मन्दिरमा क्षति

म्याग्दीको लेतेखोलामा बाढी : घर, भवन र मन्दिरमा क्षति

अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुई डोजर परिचालन गरेका छन् ।


  • रासस
  • भाद्र २६ २०८२, बिहिबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेस्टुरेन्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । बाढीले स्थानीय प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल पुरिएको बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ । तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ । बाढीले मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिए ।

घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुई वटा डोजर परिचालन गरेका छन् ।

स्थानीयले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । एक सय ३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->