बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रदर्शनकारीको आगजनीमा जलेका २ महिलाको पहिचान

प्रदर्शनकारीको आगजनीमा जलेका २ महिलाको पहिचान


  • ढाेरपाटन संवाददाता
  • भाद्र २६ २०८२, बिहिबार

पोखरा/ पोखराको नयाँबजार र लेकसाइडमा प्रदर्शनकारीको लगाएको आगोमा जलेको अवस्थामा भेटिएको दुई शवको पहिचान खुलेको छ। नयाँ बजारमा भेटिएको शव अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटी र लेकसाइडको अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वस्थ्यानी खड्काको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वस्थ्यानी पोखराकै एक स्पामा काम गर्ने युवती रहेको र उनको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका– ८ रहेको छ। सञ्जु भने नयाँबजारस्थित सोरुममा कार्यरत थिइन । उनी असार १ गतेदेखि सोरूममा काम गर्न थालेकी उनको घर सिन्धुपाल्चोक रहेको छ । प्रदर्शनकारीले गण्डकीका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको व्यावसायिक भवन र उनका भाइ ध्रुब थापाले नयाँ बजारमा चलाएको अटो सोरूममा मंगलबार आगजनी गरेका थिए । सोही आगजनीमा जलेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->