बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कठिन घडीमा विवेकपूर्ण निर्णयको आवश्यक : एमाले गण्डकी

कठिन घडीमा विवेकपूर्ण निर्णयको आवश्यक : एमाले गण्डकी

पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न सबैलाई आग्रह गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

पोखरा/केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ती जारी गरेको छ । पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी सम्पत्ति र नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।’

पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न सबैलाई आग्रह गरेको छ । साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुसार अघि बढ्नुपर्ने बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यो कठिन घडीमा धैर्यता, समयअनुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ । हामी लोकतान्त्रिक पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौं ।’ गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको संगठनात्मक बैठकमार्फत अगाडि बढ्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->