पोखरा/ संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले वर्तमान संविधानभित्रै सबै समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । कांग्रेस नेता कार्यकर्ताले जेन–जी आन्दोलनका नाममा सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका भवनहरूमा तोडफोड र आगजनीजस्ता गतिविधि भएको प्रति कडा आपत्ति जनाए । साथै कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेताहरूमाथि आक्रमण हुँदा कार्यकर्ताहरू चुप लागेर बस्न नहुने उल्लेख गर्दै पार्टी अनुशासनभित्रै रहेर प्रतिकार गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले संविधान र लोकतान्त्रिक प्रक्रियामाथि आघात पुर्याउने जुनसुकै प्रयासको विरोध गरिने चेतावनीसमेत दिएका थिए ।





