बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रधानमन्त्री कार्कीले लिइन् शपथ, फागुनभित्र चुनाव गराउनुपर्ने

प्रधानमन्त्री कार्कीले लिइन् शपथ, फागुनभित्र चुनाव गराउनुपर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

काठमाडौं / जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।
संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->