पोखरा/नेपाली कांग्रेस कास्कीले संविधान रक्षाको लागि एकजुट हुन पार्टी कार्यकर्तासँग अनुरोध गरेको छ ।
बैठकले आन्दोलनका क्रममा दिवंगत जेएनजीका युुवाहरु, सर्वसाधारण र सुरक्षाकर्मीहरु प्रति श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पार्र्र्र्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्र मन्त्री डा आरजु देउवा राणामाथि भएको सांघातिक आक्रमणसहित नेताको घर, सार्वजनिक तथा निजी सम्पत्तिमा भएका आगजनी र तोडफोडको निन्दा गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य गुरु बराल, शारदा पौडेल, जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश, पालिका सभापतिहरुको बैठक बसेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
‘पछिल्लो अवस्थाका बारेमा गम्भिर छलफल भयो, प्रवक्ता सिग्देलले भने, ‘संविधान रक्षाका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिका र बैठक लगत्तै संविधान रक्षाका लागि एकजुट हुन आग्रह गर्दै पार्टी कार्यालयदेखी वीपी चोकसम्म प्रदर्शन गरिएको प्रवत्ता सिग्देलले जानकारी दिए ।





