बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्की जिल्ला प्रहरी कार्यालय आगजनी गर्ने क्रममा घाइते भएका प्रदर्शनकारीको मृत्यु

कास्की जिल्ला प्रहरी कार्यालय आगजनी गर्ने क्रममा घाइते भएका प्रदर्शनकारीको मृत्यु

पोखरामा आगजनीमा मृत्यु हुनेको संख्या तीन पुग्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

पोखरा /जेन जी आन्दोलनको क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एकजना प्रदर्शनकारीको शनिवार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४२ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार गैह्रापाटनमा रहेको प्रहरी कार्यालय आगजनी गर्ने क्रममा लामा घाइते भएका थिए । उनलाई २४ भदौको राति साढे १० बजे प्रदर्शनकारीले नै जलेर घाइते भएको अवस्थामा उपचारको लागि अस्पताल पुर्‍याएका थिए । पोखरा–१६ का अस्थायी बासिन्दा लामाको स्थायी ठेगाना खुलिसकेको छैन ।

यसअघि २४ भदौमा पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटो सोरूम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक–एक महिला जलेर निधन भएको अवस्थामा फेला परेका थिए । उनीहरू व्यावसायिक प्रतिष्ठानका कर्मचारी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->