शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नरेन्द्र मोदी पुगे ७५ बर्ष, डोनाल्ड ट्रम्पले दिए शुभकामना

नरेन्द्र मोदी पुगे ७५ बर्ष, डोनाल्ड ट्रम्पले दिए शुभकामना


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

काठमाडौं / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

फोन वार्ताको क्रममा उनीहरुबीच रुस–युक्रेन युद्धबारे पनि कुरा भएको थियो । ट्रम्पले ट्रुथ सोशल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गर्दैछन् ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन्, ‘नरेन्द्र, रुस र युक्रेनबीचको युद्ध अन्त्यको पहलमा सहयोग पुर्‍याएकोमा धन्यवाद ।’

त्यस्तै, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत दुवै नेताबीचको संवादको विवरण सार्वजनिक गरेका छन् । मोदीले एक्समा लेखेका छन्, ‘मेरो मित्र राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र मेरो ७५औं जन्मदिनमा दिएको शुभकामनाका लागि धन्यवाद । तपाईंझैं म पनि भारत–अमेरिकाबीचको व्यापक र वैश्विक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्णतस् प्रतिबद्ध छु ।’

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंले गरिरहेका प्रयासलाई समर्थन गर्छौं ।’  आज १७ सेप्टेम्बरको दिन भारतका प्रधानमन्त्री मोदीको ७५औं जन्मदिवस हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->