बागलुङ/नेकपा एमाले बागलुङले आगजनी भएको कार्यालय सरसफाइ गरेर नयाँ व्यवस्थापनकासाथ संचालनमा ल्याएको छ । विहिवार एक कार्यक्रम गर्दै एमालेले पार्टी कार्यालयमा झण्डा र बोर्ड पनि राखेको हो ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले पार्टी कार्यालयका सामाग्री जलाएका थिए । कार्यालय जलेपछि १० दिनदेखि नेताहरुले कुनै प्रतिक्रिया समेत दिएका थिएनन् । शुक्रवार भने कार्यालय संचालनको क्रममा एमाले अध्यक्ष हिराबहादुर केसीले जेनजी आन्दोलनका जायम माग पुरा गर्नुपर्ने धारणा राखे । साथै उनले आन्दोलनमा निधन भएकाहरु प्रति श्रद्दाञ्जली पनि प्रकट गरे । पार्टीलाई पनि नयाँ ढंगले अगाडि लैजाने उनको धारणा थियो ।
कार्यक्रममा एमाले सचिव गणेश थापाले संचालन गरेका थिए । कार्यालय संचालन सँगै संविधान दिवशका कार्यक्रममा पार्टीले भाग लिने समेत जनाए । संविधान दिवश मुल समारोह समितिले सबै दलहरुको सहभागितामा संविधान दिवश मनाउने निर्णय गरिसकेको छ । जेनजी आन्दोलनको क्रममा बागलुङ स्थित नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र संघिय समाजवादी पार्टीको कार्यालयका सामाग्री जलाइएको थियो ।





