आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंकले दियो स्वास्थ्य सामाग्री

लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंकले दियो स्वास्थ्य सामाग्री


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८२, मंगलबार

बागलुङ / बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंक बागलुङ शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य चौकीलाई बैंकले दुईवटा ह्वीलचेयर, दुईवटा सेमिफोल्डिङ बेड र तीनवटा कुर्ची उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा हिमालयन बैंक बागलुङ शाखाका प्रमुख राजकिरण देशारले स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ सापकोटालाई ती सामग्री हस्तान्तरण गरे ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध गराएको शाखा प्रमुख देशारले बताए । स्वास्थ्य चौकीका प्रमुख सापकोटाले स्वास्थ्य चौकीलाई आवश्यक सामाग्री उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्दै हिमालयन बैंक बागलुङ शाखा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->