आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गौदी खोलाको साँघुमा जोखिमपूर्ण यात्रा

गौदी खोलाको साँघुमा जोखिमपूर्ण यात्रा

साँघुभन्दा करिब ३ सय मिटर तल मोटरेबल पुल (जिपपार्क)मा भएको कारण प्राबिधिक स्टेमेन्ट र सरकारी नियम अनुसार पुल बनाउन समस्या परेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८२, बिहिबार

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ३ हटिया र हरिचौर ६ जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण गर्नुपर्ने बाध्यता छ । यो साँघु स्थानीयले श्रमदान गरेर बनाउनुभएको हो । वर्षा याममा गौदी खोला उर्लेर बग्दा स्थानीयलाई आवतजावतमा ज्यान हत्केला लिएर हिंडनुपर्ने बाध्यता छ ।

यो साँघुभन्दा करिब ३ सय मिटर तल मोटरेबल पुल (जिपपार्क)मा भएको कारण प्राबिधिक स्टेमेन्ट र सरकारी नियम अनुसार पुल बनाउन समस्या परेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी बताउँछन् । ग्रामिण क्षेत्रमा स्थानीयका आवश्यकता धेरै भए पनि कानूनी बाध्यताले कतिपय आवश्यकता पुरा गर्न नसकिएको भण्डारीको भनाई छ ।

यसअघि नगरपालिकाले झोलुङ्खे पुल बाढीले बगाएपछि कतिपय खोलाखोल्सामा कल्भर्ट निर्माणको अवधारणा पनि अघि सारेको छ । कल्भर्टले सवारीसाधन र स्थानीयलाई आउजाउमा सहज भएको छ । पक्की पुल बनाउन धेरै निकायमा धाएपनि सफल नभएपछि गलकोटले साना मोटर गाडीसमेत चल्ने सक्ने कल्भर्ट बनाउन सफल भएको हो ।

खोलालाई तटबन्धन गरेर एकत्रित बनाएपछि निर्माण गरिएका कल्भर्टले पैदलयात्रीदेखि सवारीसाधन गुडाउन सहज भएको हो । कल्भर्ट संरक्षणका लागि नगरपालिकाले ग्याबिन जाली लगाउन लगानी गरेको छ । ‘‘थोरै लगानीमा बन्ने कल्भर्ट योजनाले ग्रामिण क्षेत्रका नागरिकलाई आवातजावतमा सहज भएको छ’’ भण्डारीले भने ।

ग्याबीनजाली लगाएपछि स्थानीयको खेतबारी जोगिएको छ भने कल्भर्ट बनेपछि वडाले खोलाछेउका घाटमा यस्तै प्रकृतिका कल्भर्ट निर्माणको तयारी गरेको छ । झोलुंगे पुल बनाउने खर्चको आधा रकमले कल्भर्ट बनाउन सकिने र त्यसबाट सवारीसाधन गुडाउन सकिने भएपछि अप्ठ्यारा घाटमा कल्भर्ट बनाउने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->