बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कहाँ बस्दैछ जलेपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक ?

कहाँ बस्दैछ जलेपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक ?

सचिवालयमा दर्ता भएको गाँजालाई वैधानिकता दिनेसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाएर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

पोखरा / जेन-जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सभाको सचिवालय र सभाहलसहित संरचना ध्वस्त भएपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक कहाँ बस्नेहोला भन्ने जिज्ञासा अहिले सवैमा छ । तर गण्डकी संसद् सचिवालयले भने बैठक बस्ने ठाँउको बन्दोबस्त मिलाएर मात्रै संसद बैठक आब्हान गरिएको जनाएको छ । अबको गण्डकी प्रदेश सभाको बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने भएको छ ।

असोज २२ गते दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा संसद बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । सभामुख, उपसभामुख, प्रदेश सभा सचिवको टोलीले बैठक चलाउन मिल्ने वैकल्पिक ठाउँ खोजी गरेको थियो । सुरक्षा र प्राविधिक दृष्टिकोणले कृषि मन्त्रालयकै हल उपयुक्त भएको निष्कर्षपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आह्वान गरेका हुन् ।

सचिवालयमा दर्ता भएको गाँजालाई वैधानिकता दिनेसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाएर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी छ । प्रदेश सभा बैठक गत भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्टको बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->