आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की आदर्शको जेष्ठ नागरिकलाई सहयोग

कास्की आदर्शको जेष्ठ नागरिकलाई सहयोग

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पोखरा २६ मा रहेको तालबेसी जेष्ठ नागरिक सेवा केन्द्रलाई दुई लाख २५ हजार पाँच सय ५५ सहयोग गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८२, शनिबार

पोखरा/कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले नवौं स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको साझा संस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पोखरा २६ मा रहेको तालबेसी जेष्ठ नागरिक सेवा केन्द्रलाई दुई लाख २५ हजार पाँच सय ५५ सहयोग गरेको हो ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद वरिष्ठ उपाध्यक्ष विशाल ढुंगाना र सल्लाहकार केदारनाथ ढुंगानाको पहलमा नेपाली दाजुभाईहरुसँग विदेशमा संकलन गरेको पैसालाई जेष्ठ नागरिक सेवा केन्द्रलाई प्रदान गरिएको हो ।

संस्थाले जहाँ जे आवस्यकता छ त्यहाँ तेही सहयोग गरौँ भन्नेसेवा भावले शैक्षिक संस्था,मठमन्दिर र जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्र संचालनका क्षेत्रमा सहयोग गर्दै आएको छ । परिषदका नेपाल च्याप्टर अध्यक्ष विश्वबन्धु थापाले तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष बद्रिनाथ ढुगानालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->