पोखरा/पोखरा २६ मा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गर्दै आएको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले बद्रिनाथ ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
गत वर्ष मात्र स्थानीयहरुको पहल कदमीमा जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालनमा आएको थियो ।
समितिको उपाध्यक्षमा वलराम ढुंगाना, सचिवमा विचित्रनाथ ढुंगाना,कोषाध्यक्षमा सुर्यकुमारी रानाभाट र सदस्यहरुमा ठाकुरप्रसाद ढुंगाना, सरस्वती रानाभाट, यमुना थापा, सूर्यनाथ भण्डारी, माया बराल, नवराज ढुगाना र गंगा देवकोटा बराल रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक अनुभवका खानी र जिउँदो इतिहास भएकाले उहाँहरुको विचारलाई समाज रुपान्तरणका लागि प्रयोग गर्न आग्रह गरे ।





