बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथ सहकारीमा लेखनाथको प्रवेश

लेखनाथ सहकारीमा लेखनाथको प्रवेश


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घाैचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा लेखनाथ सापकोटा चयन भएका छन ।

सस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिबहादुर जिसीले पारिवारिक समास्या देखाउँदै राजीनामा दिएपछि बाँकी रहेको कार्यकालका लागि संस्थाका पूर्वसचिव सापकोटलेसर्वसम्वत रुपमा अध्यक्षमा प्रवेश पाएका हुन् ।

यसैबीच सस्थाको १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सस्थाका जेष्ठ सदस्य तथा पूर्वजनप्रतिनिधि आशमान पुनले सहकारीले निती नियमलाई पर राखी नाफाका लागी काम गरेकाले सहकारीमा समस्या देखिएकाले अबका दिनमा समस्या नआउने गरी काम गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष नारायणप्रसाद बस्ताकोटी,पूर्वअध्यक्ष कुशलबाबु लामिछाने,सल्लाहकार शेखरनाथ लामिछाने र सम्मानितहरुको तर्फबाट विकास अधिकारीलगागतले सहकारीले विशेष गरी उत्पादनसँग जोडिएर आय आर्जनका क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव राखेका थिए ।

यसैविच कार्यक्रममा पूर्वपदाधिकारीहरु मध्यबाट विश्वप्रकाश बराल,लेखनाथ सापकोटा,संस्थागत सम्मानमा सुन्दर नगर टोल विकास सस्था,जेष्ठ सदस्य उमादेवि पौडेल,बाल बचतकर्ता सागर लामिछाने,वन्दीप पौडेल,असल कारोबारमा विकास अधिकारी,शैक्षिकतर्फ सदीक्षा त्रिपाठी र विवश पौडेल,कर्मचारी तर्फसंगिता सापकोटा र असल अभ्यासमा मधु भण्डारीलगायतलाई सन्मान गरिएको थियो ।

संस्थाका सचिव शिवप्रसाद भण्डारीले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रामवहादुर गुरुङले गरेका थिए भने सहकारीका सात सिद्धान्त पाठ अमृता अधिकारीले गरेकी थिइन् । २०६५ सालमा स्थापन भएको सस्थामा आवद्ध एक हजार सात सय ८३ सेयर सदस्यहरुबाट सात करोड,३० लाख,१७ हजार छ सय सेयर पूँजी पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->