मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध कास्की प्रहरीको ‘अप्रेशन ३६५’

मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध कास्की प्रहरीको ‘अप्रेशन ३६५’


  • ढाेरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

पोखरा/ मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढिरहेको जनगुनासोपछि कास्की प्रहरीले त्यसविरुद्ध सोमबार साँझदेखि ‘अप्रेशन ३६५’ अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसंग झै(झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाइसकिएको प्रहरीले जनाएको छ । अप्रेशन निरन्तर रुपमा संचालन हुने कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । उनले मंगलबार प्रेस विज्ञप्तिमार्फत सवारी साधन धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा चलाउनु हुन र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूले समेत उक्त कार्य नगर्न नगराउन अनुरोध गरेका छन् ।

सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाएमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->