मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कास्की मालपोत कार्यालमा आजदेखि सेवा सुरु

कास्की मालपोत कार्यालमा आजदेखि सेवा सुरु


  • ढाेरपाटन संवाददाता
  • असोज ३० २०८२, बिहिबार

पोखरा/ जेन जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा सुरु गरेको छ ।

कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए । लेखापढी व्यवसायीको पहलमा मालपोतका दुई अस्थायी संरचना (कार्यालय) बनेको र फर्निचर, कम्प्युटरलगायत कार्यालय सामाग्री पनि उपलब्ध गराएपछि सोवा सुरु गरिएको हो ।

कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->