आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

करणी मुद्धाका फरार एक पक्राउ

करणी मुद्धाका फरार एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८२, सोमबार

पोखरा/जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर १४ पेखुदेउरालीका २५ वर्षीय सागर खवास पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको हो ।

२०८१ वैशाख १४ गते सागरले जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । पीडितको जाहेरीका आधारमा खवासविरुद्ध जवरजस्ती करणी कसूरमा मुद्दा चलेपछि फरार भएका थिए । एक वर्ष देखी फरार भएका सागरलाई शुक्रबार वालिङ नगरपालिका वडा नम्बर–१ ओडारेमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले बताए । पक्राउ परेका खवासमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->