बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या

कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८२, शनिबार

पोखरा/  जेनजी आन्दोलनका क्रममा भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको नवलपुरको गैंडाकोटमा हत्या भएको छ ।

गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राती चितवनको कालिका नगरपालिका– ४ पदमपुरका २८ वर्षिय नारायण कुमालको हत्या भएको हो । हत्यामा स्थानीय युवाहरूको संलग्नता रहेको र उनीहरुले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।

नवलपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । करिब १४ १५ जनाको संख्यामा आएका युवाको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए ।

कुमाललाई जर्बजस्ती करणीको कसुरमा अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा थिए । कारागारबाट भागेका कुमाललाई पटकपटक कारागार आउन खबर गरे पनि उनी भागेर बसेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->