आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तिहार मनाउन गाउँ छिरेका मन्त्री पाठकले स्वास्थ्य केन्द्रलाई दिए कम्प्युटर र प्रिन्टर

तिहार मनाउन गाउँ छिरेका मन्त्री पाठकले स्वास्थ्य केन्द्रलाई दिए कम्प्युटर र प्रिन्टर


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८२, आइतबार

बागलुङ / तिहारको बिदा उपयोग गर्न गाउँ छिरेका गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गलकोट पुगेर एउटा कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् । गलकोट नगरपालिका- ११ रिघाको शहरी स्वास्थ्य केन्द्रलाई आफ्नो ब्यक्तिगत खर्चमा कम्प्यूटर र प्रिन्टर प्रदान गरेका हुन् ।

बिदाको मेसो मिलाएर भेटघाट र गाउँ अवलोकनका लागि बागलुङका गाउँ गाउँ हिडेको अवसरमा आफुले पहिला प्रतिवद्धता जनाए अनुरुपमा गलकोटको एउटा शहरी स्वास्थ्य केन्द्रलाई कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको स्वास्थ्य मन्त्री पाठकले बताए ।

‘केही समय अघि मध्यपहाडी लोकमार्गमा पर्ने शहरी स्वास्थ्य केन्द्रमा पुग्दा कम्प्यूटर र प्रिन्टर उपलब्ध गराउने प्रतिवद्धता गरेर फर्किएको थिए, अहिले बिदाको अवसर पारेर उक्त सामग्री हस्तान्तरण हुँ,’ मन्त्री पाठकले भने ।

आवश्यकता आधारमा आफुले कम्प्युटर र प्रिन्टर मागेको र अहिले सो सामाग्री प्राप्त भएको गलकोट नगरपालिका – ११ का वडा अध्यक्ष डम्मर श्रीसले बताए ।

‘मन्त्रीलाई हामीले कम्प्यूटर र प्रिन्टरको आवश्यकता रहेको जानकारी गराएका थियौँ,’ वडा अध्यक्ष श्रीसले भने, ‘छिट्टै उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको थियो, शनिबार उहाँले आफ्नो प्रतिवद्धता पुरा गर्नु भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->