बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाक्लो हिमपातमा आधार शिविरमा रमाउँदै आन्तरिक पर्यटक

बाक्लो हिमपातमा आधार शिविरमा रमाउँदै आन्तरिक पर्यटक

हिमपात भएर चिसो भए पनि हिउँको सुन्दरतामा रमाउन पाउँदा दुःखकष्ट भुलेको उनको भनाई छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार
आधार शिविरस्थित पञ्चकुण्ड ताल क्षेत्रमा हिउँमा रमाउँदै पर्यटक । तस्बिर सौजन्यः टीका पुर्जा मगर

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् । हिमपात कारण आधार शिविर र पञ्चकुण्ड ताल छोपिएको छ । वरपर सबैतिरका डाँडाहरु हिमपातले सेताम्मे भएका छन् । मौरिस हर्जोग पदमार्ग हुँदै तीन दिनअघि आधार शिविरस्थित ४ हजार ५० मिटरको उचाइमा रहेको पञ्चकुण्ड तालमा पुगेका आन्तरिक पर्यटकहरु हिमपातसँगै रमाएका हुन् ।

आधार शिविरको पदयात्रा लागि बेनीबाट सोमबार चार जना गएका थियौं बेनीकी टीका पुर्जा मगरले भने, ‘‘पहिलो दिन भुस्केट मेलामा पुगेका थियौं । रातभर पानी र हिमपात भयो । एकदिन त्यहीँ बस्यौं । हिजो बुधबार बिहान हिमपात रोकिएपछि हामीहरु आधार शिविरदेखि तल रहेको पञ्चकुण्ड तालमा पुगेका थियौं ।’’ बाक्लो हिमपातका कारण पञ्चकुण्ड ताल हिउँले छोपिएको छ ।

ताल वरपर र आधार शिविर क्षेत्र हिउँले छोपिएर सुन्दर देखिएको पुर्जाले बताए । हिमपात भएर चिसो भए पनि हिउँको सुन्दरतामा रमाउन पाउँदा दुःखकष्ट भुलेको उनको भनाई छ । आधार शिविरमा भारी हिमपात भएपछि त्यहाँ पुगेका सबै पर्यटकहरु सुरक्षाकर्मीको सहयोगमा अहिले फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->