बागलुङ/मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि आयोजित महायज्ञको प्रचार प्रसारका लागि बागलुङ बजारमा अटो व्यवसायीले हातेमालो गरेका छन् । महायज्ञ नजिकिदै गर्दा प्रचारप्रसारका लागि अटो व्यवसायीले ¥याली निकालेका हुन् ।
¥यालीमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ¥यालीले बागलुङ बजारका विभिन्न चोकको परिक्रमा गर्दै महायज्ञको उद्देश्यबारे जानकारी गराएको थियो ।
यज्ञ मूल आयोजक समितिका अनुसार, समाजसेवा तथा मानवसेवाप्रति जनचेतना जगाउने, सहयोग संकलन गर्ने, महायज्ञमा भव्य सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ प्रचार प्रसारलाई तीव्रता दिइएको हो ।
आगामी कात्र्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित मानवसेवा आश्रम बागलुङको निर्माणाधीन भवन प्राङ्गणमा महायज्ञ आयोजना हुनेछ । जसमा गुरु कमलनयन गौतमले कथा वाचन गर्ने छन् ।
निरयघाटमा निर्माणाधीन भवन समयमै सम्पन्न गर्न र अक्षयकोष वृद्धि गर्न महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ आयोजक संयोजक समाजसेवी सहदेव राजनभण्डारीले जानकारी दिए । भवन निर्माण सम्पन्न भएपछि आश्रममार्फत सहयोगापेक्षी, असहाय तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य छ ।
महायज्ञ सफल बनाउन सम्पूर्ण भक्तजन, दाता, स्थानीयबासी र शुभेच्छुकहरूलाई सहभागिता र सहयोगका लागि आग्रह गर्दै ¥याली निकालिएको हो ।





