बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा एमालेको मोटरसाइकल र्‍याली

पोखरामा एमालेको मोटरसाइकल र्‍याली


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

पोखरा/ नेकपा एमाले, कास्कीले शनिवार पोखरामा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायतका देशका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गरेको हो ।

पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍यालीमा सहभागिता जनाएका थिए । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्‍यालीमा सहभागि भए । पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि यही र्‍यालीमा सहभागिताका लागि पोखरा आएका थिए ।

संविधानको रक्षा, प्रतिगामी षडयन्त्र र अराजकता विरुद्ध र्‍याली निकालिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए । जेन्जी प्रर्दशनको क्रममा भएको आगजनी तोडफोड र लुटपाटको बिरुद्धमा शान्ति र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसमेत र्‍यालीको रहेको उनको भनाई छ । पोखरा सभागृहबाट सुरु र्‍याली न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै सभागृहमा फर्केर समापान भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->