सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

मेजर लक्ष्मी प्रसाद र हुम कुमारी पत्रकारिता पुरस्कार स्थापना

मेजर लक्ष्मी प्रसाद र हुम कुमारी पत्रकारिता पुरस्कार स्थापना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/नेपाल आदिवासी जनजाती महासंघ कास्की (फोनिज शाखा)को संयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ ।

अक्षकोषका लागि समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङले विहीबार एक कार्यक्रम बिच महासंघका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त), अध्यक्ष विनाकुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई एक लाख एक हजार एक सय १५ रुपैयाँ हस्तान्तरण गरेका हुन् । व्यावसायिक पत्रकारलाई हौसला प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गुरुङले बताए ।

उक्त रकमको ब्याजले गुरुङको वैवाहिक वर्षगाठको अवसरमा वार्षिक रुपमा एक जना पत्रकारलाई सम्मान गरिने महासंघका अध्यक्ष विना कुमारी थापाले बताइन् । द गोर्खाज बचत तथा ऋण सहकारीका अध्यक्ष मेजर गुरुङ, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष तथा युके तमु धिं लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् ।

१८ वर्ष देखि गोर्खा अभियान र सामाजिक काममा सक्रिय रुपमा लाग्दै आएका गुरुङले हालसम्म विभिन्न संघ संस्थालाई ८२ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->