बागलुङ/दसैं लागेपछि भक्तजनको भीडभाड हुने बागलुङको कालिका मन्दिरमा थोरै भक्तजन मात्रै आएका छन् । बजार आसपासका भक्तजन मात्रै आएकाले दसैंको रौनक छैन ।
गएको वर्ष घटस्थापनाका दिन १० हजारभन्दा बढी भक्तजन आएका थिए । यो वर्ष पोहोरका एक तिहाइ पनि भक्तजन आएनन् । बाढी, पहिरोको कहर र मालढुंगा पुल भत्केपछि चाहेर पनि मन्दिर आउने घटेका हुन् ।
बाढीले असोज ११ गते मालढुंगा पुल बगाएको थियो । त्यसपछि पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प छ । अत्यावश्यक सेवाका सामानसमेत ढुवानी भएका छैनन् । मालढुंगादेखि मुस्ताङ सडकसमेतमा आएको छैन ।
‘अघिल्ला वर्ष दैनिक डेढ, दुइ सय रोट बनाउने गरेकोमा अहिले आधा पनि बनाउन परेन’, स्थानीय व्यवसायी डम्मर मल्लले भने, ‘भक्तजन नै छैनन्, मन्दिर त्यसै सुनसान हुन ेनै भयो ।’ धेरैजसोले फोन गरेर पनि बाटो खुले÷नखुलेको सोध्ने गरेका छन् ।
मालढुंगा पुल २७ गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखेको सडक विभागले काम गरिरहेको छ । अहिले पनि पानीको सतह पुरै घटेको छैन । दसंैको अवसरमा कालिका मन्दिरमा पञ्चवलि दिनेको समेत भीड लाग्छ ।





