शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

फेवा किङ्स कपमा कोशी प्रदेशको सम्भावना सकियो

फेवा किङ्स कपमा कोशी प्रदेशको सम्भावना सकियो


  • ढाेरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

पोखरा ÷ पोखरामा जारी फेवा किङ्स कपमा कोशी प्रदेशको उपाधि होडको सम्भावना करिब सकिएको छ । राउन्डरोविन लिगको आधारमा भएको खेलमा लगातार ३ खेलमा हार व्यहोरेको कोशी प्रदेशको फाइनल पुग्ने सम्भावना सकिएको हो । युनाइटेड किब्स क्लब पोखराको आयोजनामा भएको पोखरा रंगशालास्थित भलिबल कोर्टमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको हो । एपिएफले कोशीलाई २५–२२, २५–२१, २४–२६ र २५–१५ ले पराजित गरेको हो ।
आयोजक किङ्स क्लबसहित, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी
क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले
प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->