बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अहिलेको अवस्थामा निर्वाचन हुन सक्दैन–खगराज अधिकारी

अहिलेको अवस्थामा निर्वाचन हुन सक्दैन–खगराज अधिकारी


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/  गण्डकी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले अहिलेको अवस्थामा निर्वाचन असंभव रहेको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्ने क्रममा अधिकारीले प्रतिनिधि सभा पुनस्र्थापना, संविधान संसोधन र अर्ली निर्वाचन अहिलेको विकल्प रहेको उल्लेख गरे ।

प्रहरीका हतियार र पोशाक बाहिर रहेको अवस्थामा निर्वाचन हुन्छ ? भन्ने प्रश्न गर्दै उनले निर्वाचनका लागि भयरहित वातावरण हुनुपर्ने बताए । संविधान लिगमा आउनु पर्ने, दलहरुलाई विश्वासमा ल्याउनुपर्ने उनले बताए । ‘अहिले निर्वाचन हुने वातावरण छैन,’ उनले भने, ‘संसद पुनस्र्थापना, संविधान संसोधन र अर्ली निर्वाचन रोडम्याप हो ।’ अहिलेको संघीय सरकार असंवैधानिक रहेको र यो चुनाव गराउन नआएको पनि उनले दावी गरे । संविधानमाथि धावा बोल्न खोजिएकाले त्यसविरुद्ध सबै दलहरुको राष्ट्रिय एकता आजको आवस्यकता रहेको उनले बताए । सुशीला कार्की नेतृत्वको सरकार एकप्रकारको ‘कु’ बाट जन्मिएको उनको भनाई थियो ।

अहिलेको संविधान मुलतः रगतको मसीले लेखेको भन्दै उनले यसमा ०६२ को जनआन्दोलन र सशस्त्र युद्धको समायोजनपछि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी र मधेशको एउटा राजनीतिक सम्मिलित भएको बताए । धेरैले सहादात गरेर, घरबार र सम्पत्ती लुटाएर र सशस्त्र युद्धका कारण संघीय लोकतान्त्रिक गणतन्त्र अर्थात् अहिलेको संविधान आएको उनले उल्लेख गरे । नवयुवा पुस्ताले सुशासन, भ्रष्टचार अन्त्य र सामाजिक सञ्जाललाई खुलाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका तर सत्ताका लागि भने नभएको अवस्थामा जेन जीहरुको एजेन्डा हाइज्याक गरेर संविधान घाइते बनाइएको उनले बताए । ‘संसद भवन जले । अदालत जले । एउटा मिसील मात्र जलाइयो । प्रदेशका मन्त्रीले भ्रष्टाचार गरेका थिए र घर जलाइयो, निजी क्षेत्र, प्रतिष्ठानमा किन आक्रमण भयो’, उनले भने, ‘सबै विषयको खुलस्त छानविन गर्न तयार हुनुपर्छ । सरकारले त्यो गर्नुपर्छ ।’ उनले यस्तो कार्य लोकतान्त्रिक संघीय गणतन्त्रमाथिको प्रहार रहेको भन्दै यसविरुद्ध सबैको एकै स्वरका साथ प्रतिवादन गर्नुपर्ने बताए ।

ख्यालख्यालमै आएको गणतन्त्र र संघीयता नभएकाले यसको संरक्षणमा बलीवेदीमा हेलिन तयार रहेको उनले सुनाए । प्रदेश सांसदका स्वकीय सचिव राख्ने नराख्ने विषय प्रदेशको अधिकार रहेको भन्दै उनले यसमा संघको हस्तक्षेप नमान्ने बताए । यस विषयमा प्रदेशसंग समन्वय नगरिएको भन्दै उनले कसैले निर्णय गरेर हुकुमी शासन लाद्न नपाइने भन्दै प्रदेशसभा सार्वभौम निकाय रहेका बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->