सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

निर्वाचनको बिकल्प छैन, प्रतिनिधि सभा पुनर्स्थापनाले अर्को विद्रोह हुन्छ– चुमान

निर्वाचनको बिकल्प छैन, प्रतिनिधि सभा पुनर्स्थापनाले अर्को विद्रोह हुन्छ– चुमान


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/  गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिनिधिस सभाको निर्वाचनको बिकल्प नरहेको बताएका छन् । उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा फेरी अर्को विद्रोह हुने दावी गरे ।

प्रदेश सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै चुमानले अवको देशको निकास भनेको प्रतिनिधि सभाको निर्वाचन नै रहेको बताए । ‘निर्वाचनको विकल्प छैन । सबै दलको सिफारिशमा संसद विघटन भएको हो । सबै दलहरुले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्छ’, उनले भने, ‘नयाँ संसद नै अहिलेको निकासको बाटो हो । संसद पुनर्स्थापना भए देशमा फेरी अर्को बिद्रोह हुन्छ । देश भड्खालो र अप्ठेरोमा जान्छ ।’ अर्को दुर्घटना निम्तिन नदिन सबै मिलेर निर्वाचन सफल पार्नुपर्ने भन्दै उनले नयाँ सरकारले देशलाई नयाँ ठाउँमा पुराउने र जेन जी को भावनाको सम्बोधन गर्दै देशलाई अगाडि बढाउने दावी गरे ।

जेन जी आन्दोलनले देश, राजनीतिक दलहरु अव यथास्थितिमा अगाडि बढ्न सक्दैनन भन्ने गतिलो सन्देश दिएको उनले बताए । ‘यसलाई बुझेर गहिरो आत्मसमिक्षासाथ दलहरु रुपान्तिरत हुन जरुरी छ । आत्मसमीक्षासहितको रुपान्तरण हुनुपर्छ । कहाँकहाँ कस्तो कमजोरी भयो भन्ने समीक्षा गर्नुपर्छ’, उनले भने, ‘पात्र फेरिएर रुपान्तरण हुदैन । विचार र नीति फेरिनु पर्छ । दलहरु आफ्नो औचित्य सावित गर्न रुपान्तिर भएर देशको नेतृत्व गर्नुपर्छ ।’ जेन जी एउटा उमेर समुह रहेको र उनीहरुको भावनालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको भन्दै उनले । युवापुस्ताको राजनीतिप्रति चासो रहेछ नै हस्तक्षेपको अवस्थामा पुगे भन्ने बुझ्नु जरुरी छ ।

निर्वाचनपछिको सरकारले संविधानको पूर्ण कार्यान्वयन गर्ने विश्वास पनि उनको थियो । भदौ २३ र २४ को जेन जी विद्रोहका क्रममा भएका घटनाले देशको राजनीतिक परिस्थितिलाई निकै गम्भिर र चुनौतीपूर्ण मोडमा ल्याईीदएको उनले बताए । यस्तो गम्भिर परिस्थितिमा गण्डकी प्रदेशसभाका पनि छलफल र विद्रोहको विश्लेषण हुनुपर्नेमा नभएको उनको भनाई थियो । छोटोमा भन्दा २३ गते क्रान्ति र २४ गते प्रतिक्रान्ति भएको उनले बताए । २३ गते स्कुल र कलेज ड्रेसमा भएको शान्तिपूर्ण आन्दोलनलाई तत्कालिन सरकारले नजरअन्दाज गरेको उनले आरोप लगाए ।

केही घुसपैठ भए पनि आन्दोलनलाई व्यवस्थित गर्न सकिन्थ्यो तर, अन्धाधुन्ध गोली वर्षाउने काम गर्दा २४ गतेको परिस्थिति उत्पन्न भएको उनले बताए । २४ गतेको घुसपैठ हेर्दा घटनाहरु योजनाबद्ध रुपले गरिएको भन्न सकिने उनको भनाई थियो । ‘२३ गतेको आन्दोलनको उद्देश्य सही थियो, आन्दोलन सही ढंगले अघि बढेको थियो, त्यसलाई व्यवस्थित गर्न सकिन्थ्यो’, उनले भने, ‘तर व्यवस्थित गर्नुको सट्टा धावा बोल्ने काम भयो । अन्धाधुन्ध गोली वर्षाएर निहत्थाको ज्यान लिइाये । २४ गतेको अवस्था आयो । त्यो आक्रोश भित्र केही स्वार्थी समुह योजनाबद्ध रुपमा लागे । २४ गते प्रतिक्रान्तिको स्थिति देखियो ।’

देश राज्यविहीन हुने अवस्थामा पुगेको, सुरक्षा निकायको सूचना कमजोर रहेको, सरकार कसरी चलेको थियो ? व्यवस्था कसरी अघि बढेको थियो भन्ने विषयमा विश्लेषण गर्नु पर्नेमा उनले जोड दिए । जनतामा निराशा बढ्दै गएकाले त्यसलाई कम गर्नुपर्छ भन्ने प्रदेश सभामा पनि चर्चा गरिएको भन्दै उनले संविधानको कार्यान्वयन नभएर जनता, प्रदेश र स्थानीय तहका अधिकारमा ध्यान नदिएकाले बिद्रोह उत्पन्न भएको उनको जिकीर थियो । पछिल्लो चरणमा बिचौलिया हावी भएर सरकार, मन्त्री बनाएको, भ्रष्टहरु कारवाहीमा पर्लान भन्दा संरक्षित भएको कारण पनि भदौ २३ मा बिस्फोट भएको उनको दावी थियो । ‘सरकारसंग जनताले सामाजिक न्यायलगायत विभिन्न अपेक्षा राखे पनि नभएर निराशामा बदलिदै गएको थियो’, चुमानले भने, ‘सुशासनको कुरा भएन । बरु सट्टामा अंहकारको अवस्था बन्यो । यसको विश्लेषण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->