सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेन जी आन्दोलनमा प्रहरीका हतियार लुट्ने दुई पक्राउ

जेन जी आन्दोलनमा प्रहरीका हतियार लुट्ने दुई पक्राउ

उनीहरुको साथबाट १ राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

पोखरा/  जेन जी आन्दोलनका क्रममा गत भदौ २४ मा पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट हतियार समेत बरामद भएको छ ।

पक्राउ पर्नेमा पोखरा– ५ जिराे किमी बस्ने ३१ वर्षका श्यामबहादुर तामाङ र पोखरा– २ का २२ वर्षीय सागर राउत रहेका छन् । यही कात्तिक २८ मा पक्राउ परेका उनीहरुको साथबाट १ राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान गर्दै जाँदा कास्की प्रहरीद्वारा खोजतलास तथा अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । दुई जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->