सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

निर्वाचन सुरक्षा योजना पास, सेना परिचालन गर्न सिफारिस

निर्वाचन सुरक्षा योजना पास, सेना परिचालन गर्न सिफारिस

यो सुरक्षा योजनामा निर्वाचन पूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचन पश्चातको अवधि गरी तीन चरणमा सुरक्षा बाँडिएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

काठमाडौं / सरकारले आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनको एकीकृत सुरक्षा योजना पास गरेको छ । सुरक्षा योजना पास गरे लगत्तै मंसिर ९ गते लुम्बिनी प्रदेशमा पहिलो सुरक्षा गोष्ठी गर्ने भएको छ ।

गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषदलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा नेपाली सेनाका एक सहायक रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डिआइजी) तथा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तथा उपसचिव रवीन्द्र आचार्य सदस्य सचिव रहेको कार्यददले सुरक्षा योजना पास गरेको हो ।

यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । सुरक्षाका प्लानलाई तीन तहमा विभाजन गरिएको छ ।

निर्वाचन पूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचन पश्चातको अवधि गरी तीन चरणमा सुरक्षा बाँडिएको छ । उक्त अवधिमा कसरी कस्तो सुरक्षा योजनामा काम गर्ने भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->