सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८२, सोमबार

पोखरा/राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलोपटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ गते देखि ३ गतेसम्म पोखरामा प्रवचन हुने भएको हो ।

तीन दिनसम्म दिउँसो ३ बजेदेखि साझ साढे ५ बजेसम्म पोखराको सृजनाचोक स्थीत ह्वाइट हाउस पार्टी प्यालेसमा उनले प्रवचन दिने आयोजकले जनाकारी दिएका छन् । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरा हुन् । नि ःशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट न्यूरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिएकी छन् ।

पोखरामा पहिलोपटक हुने यस प्रकारको कार्यक्रम भएकाले लाभ लिन आयोजकले सवैमा अनुरोध गरेका छ । ‘वृन्दावनमा रहेको ज्ञानको रस यहाँका साधकहरुले पनि प्राप्त गरुन् भनी कार्यक्रम आयोजना गरिएको हो, हामी समयमै उपस्थित भई कार्यक्रमको लाभ लिन आग्रह गर्दछौँ,’ व्यवस्थापक भण्डारीले भनिन् ।

राधे राधे नामले चिनिने राधा माधव समिति नेपालका पोखरा,लेखनाथ, रामबजार र न्यूरोड गरी ३ केन्द्र छन् । सिर्जनाचोकमा कार्यक्रम हुने हलको क्षमता एक हजार तीन सयमात्र भएकाले समयमै उपस्थित हुन कार्यक्रम संयोजक हरि लामिछानेले आग्रह गरे । पोखरामा मात्र यसका ८ हजार साधक छन् ।

घनश्याम दासजी महाराज दिव्य सन्त हुन् । संस्कृत भाषाको प्रारम्भिक अध्ययन गुरुकुलबाट सुरु गरेका उनले दर्शनशास्त्रमा एमए र विधिशास्त्रमा स्नातक गरेका छन् । चारै वेद, गीता, भागवत, अठार पुराण, रामायण तथा अन्य अनगिन्ती शास्त्रको अद्भूत ज्ञान उनका प्रवचनमा पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->