बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको भीड

तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको भीड


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८२, बुधबार

पोखरा / पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको विहानैदेदि घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।

देवघाटमा सतविज छर्न गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट पुगेका छन् । गलेश्वरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथा रुपन्देहीसम्मका दर्शनार्थीहरु पुगेका छन् ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम पुगेको बन्दीपुर गाउँपालिका-४ निवासी टिकाराम पनेरुले बताए ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->