सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पत्रकार दिलीप पर्तेलमाथी आफ्नै वडामा अभद्र व्यवहार

पत्रकार दिलीप पर्तेलमाथी आफ्नै वडामा अभद्र व्यवहार

वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको प्रयास गरेको पत्रकार पर्तेलले बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८२, बुधबार

बागलुङ/इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आँफूमाथी अभद्र व्यवहार भएको गुनासो गरेका छन् । जैमिनी नगरपालिका वडा नं. ३ को देमकस्थित वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको प्रयास गरेको पत्रकार पर्तेलले बताए ।

केही समयअघि लेखेको समाचारको विषयमा पुनले पत्रकार पर्तेललाई गालीगलौज गरी हातपातको प्रयास गरेको पर्तेलले गुनासो गरे । वडा कार्यालयमा पुग्दा पुरानो समाचारको विषय उठाएर अभद्र व्यवहार गरेपछि पत्रकार पर्तेलले जैमिनी नगरपालिकामा उजुरी गरेको बताए । जैमिनी नगरपालिकाले बिहिबार दुवै पक्षलाई छलफलमा बोलाएको छ । ‘म वडामा काम विशेषले गएको थिए, भीम पुनले गालीगलौज गर्दै हातपात समेत गर्नुभयो’ पर्तेलले भने, ‘यो विषयमा पत्रकार महासंघले पनि साथ दिनुपर्छ ।’

महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारलाई समाचारको विषयमा हातपात गर्ने वा डरधम्की दिने काम सह्य नभएको बताए । समाचारमा चित्त नबुझेमा खण्डन गर्ने अधिकार रहेपनि पत्रकारलाई अभद्र व्यवहार गर्ने काम रोकिनुपर्ने उनले बताए । पत्रकार पर्तेलले केही समयअघि कार्यालय समयमा सरकारी मोटरसाइकल सिक्न लगेको समाचार लेखेका थिए ।

स्वास्थ्य चौकी प्रमुख पुनले गल्ती कमजोरी भएकोमा माफी माग्ने बताए । पत्रकार पर्तेलले भनेझै हातपात नगरेको, बसेर छलफल गरौं, हामीलाई चित्त बुझाउनु होस् भनेर कुराकानी भने गरेको बताए । गाउँकै दाजुभाइ भएकोले उनलाई किन यस्तो लेखेको भनेर सोधेको त्यसपछि भनाभन भएको पुनले बताए ।

जैमिनी नगरपालिकाले बिहिबार छलफलपछि समस्या समाधान नभएमा कानूनी बाटोमा जान सकिने संभावनाबारे पनि पत्रकारले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->