पोखरा/मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बीइएम टुजिआर युवा पत्रकारिता पुरस्कार पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई प्रदान गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघका सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले सुमनलाई बुधबार पुरस्कार प्रदान गरेका हुन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा भएको एक कार्यक्रममा गुरुङलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा एमबी आस्था,पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङ लगायतले बोलेका थिए । कार्यकम फोनिज कास्कीका अध्यक्ष बिनु मगरको अध्यक्षतामा भएको थियो भने सचिव देविका घर्तिले गरेकी थिइन् ।
गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् ।





