सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

ली–बर्डद्वारा गडयौली मल उत्पादनको अनुगमन

ली–बर्डद्वारा गडयौली मल उत्पादनको अनुगमन


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८२, बिहिबार

पोखरा/ली–बर्डले कास्कीको मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा तयार पारिएको ट्राइको गडयौली मल उत्पादनको संयुक्त अनुगमन सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिन भएको अनुगमनमा मादी गाउँपालिकामा वडा ३ र ४ त्यस्तै माछापुच्छ्रे गाउँपालिकाको ३,४,६ वडाका २सय २५ किसानले तयार पारेको ट्राईको गडयौली मलको अनुगमन गरिएको परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत अनुपम उप्रेतीले बताए ।

नेपालमा प्राकृतिक स्रोतको उपयोगमार्फत् उद्यम विकास र उत्थानशिलता प्रवद्र्धन (प्रेरणा)परियोजना अन्तरर्गत बिगत १ बर्ष देखि कास्कीका २ पालिकामाप्रेरणापरियोजनासञ्चालनमा रहेको कार्यक्रम अधिकृत उप्रेतीले उल्लेख गरे । कार्यक्रममा आार्थिक सहयोग वेयर फाउनडेसन र कार्यनवयन संस्थाहरुआईडीई नेपाल र लीबर्ड रहेको छन् ।

प्रेरणापरियोजनाले प्राङगारिक मल ट्राइको गडयौली मल उत्पादन र प्रबद्र्धन गर्न सहयोग पुगेको र रासायनिक बिषादी मलको प्रयोग घटाउनुका साथै साना किसानको बालीउत्पादनमा र आयआर्जनमाबृद्धि भएको ली बर्डका मार्केटिङ्ग सुपरभाइजर टुकप्रसाद शर्माले बताए ।

मादी गाउँपालिकामा भएको अनुगमन कार्यक्रममा मा मादी गाउँपालिकाका वडाध्यक्ष देविजङ्ग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा ३ का वडा अध्यक्ष विकास गुरुङ, वडा ४ का अध्यक्ष शिव प्रसाद सापकोटा, तारकाङ कृषि सहकारीका अध्यक्ष बुद्धिसागर सापकोटा, थुमाकोडाँडा साना किसान कृषि सहकारीका अध्यक्ष देवी गुरुङलगायतको सहभागिता रहेको थियो ।

सोही परियोजनाले पोखरा १८ सराङकोटमा रहेको ठोटने खोला सामुदायिक बन उपभोक्ता समुहमा प्राङ्गारिक पर्दाथहरुलाई संकलन गरि ट्राइको गडयौली मल उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->