आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आँखा सुरक्षा सम्बन्धी पत्रकारलाई सचेतना

आँखा सुरक्षा सम्बन्धी पत्रकारलाई सचेतना


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८२, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कम्युटर भिजन सिन्ड्रोम सम्बन्धी सचेतना तथा आँखा जाँच शिविरमा आँखा जोगाउने तरिका र आँखाको सुरक्षाका लागि गर्नुपर्ने सचेतनाबारे जानकारी गराइएको थियो ।

बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आँखा सुरक्षा तथा भिजन सिन्ड्रोम सम्बन्धी प्रस्तुतीकरण समेत गरेका थिए । उनले हरेक नागरिकले आँखाको ज्योती जोगाउने काममा नियमित परीक्षण गर्न पनि सुझाव दिएका थिए । उनले आँखामा आउन सक्ने समस्याबारे बेलैमा सचेत बन्न सकेमा आजिवन ज्योती बचाउन सकिने पनि बताए ।

नियमति कम्प्युटर र मोबाइलको स्क्रिनमा काम गर्नुपर्ने पत्रकारले समयमा आँखाको परीक्षण गरेर स्वस्थ्य बन्न पनि उनले सुझाए ।

पत्रकारहरुले हरेक दिन घण्टौंसम्म कम्प्युटरमा समाचार लेख्ने, पत्रपत्रिका बनाउने, टेलिभिजन कार्यक्रम बनाउने र समाचार पढ्ने लगायतको काम गर्नुपर्छ । स्क्रिनमा काम गर्दा आँखा सुख्खा हुने र नजिक तथा टाढाको दृष्टी कमजोर बन्न सक्ने खतरा हुने भएकोले पत्रकार नै बढी सचेत बन्नुपर्ने समेत महतोले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ लगायतले कार्यक्रमको शुभकामना दिएका थिए । प्रशिक्षण तथा सचेतना कार्यक्रममा ३० जना पत्रकार सहभागि थिए । कार्यक्रमको संचालन जेसी मीलन खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->